खोप अभियान : १ लाख ७१ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


काठमाडौँ, २३ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज १० दिन पुगेको छ । खोप अभियानको दशौँदिन सम्म देशभर कुल १ लाख ७१ हजार ४ सय ८६ जना ब्यक्तिले कोरोना(कोभिड-१९) विरुद्धको खोप लगाएक छन् ।

देशभर ७७ जिल्लाका २०१ खोप केन्द्रबाट साँझ ४ बजेसम्म कुल १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेश मा ५९ हजार ९ सय ४२, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९जनाले खोप लगाएका छन्।

भारतले नेपाललाई १० लाख डोज  कोरोनाबिरुद्धको खोप (कोभिसिल्ड) अनुदानमा दिएको हो। र माघ १४ गतेदिखि नेपालमा खोप अभियान कार्यक्रम शुभारम्भ  गरिएको थियो । पहिलो चरणको खोप अभियान  माघ २४ गते (भोलि शनिवार) सकिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *