कोरोना महामारीमा पनि सेवा रोकिएन : नेपाल क्यान्सर हस्पिटल

काठमाडौँ, २३ माघ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विश्व क्यान्सर दिवस २०२१ को सन्दर्भ पारेर बिहीबार बीसौं सुदिप्त क्यान्सर सर्भाइभर भेला एवं पत्रकार सम्मेलनको आयोजना गरेको छ । उक्त भेलामा बर्षभरी गरिएका क्यान्सरबिरुद्धका गतिविधिकाबारेमा जानकारी दिइएको थियो ।

सो अवसरमा सन् २०२० मा कोरोना महामारीकाबीच हस्पिटलका नीति तथा गतिविधिहरुको चर्चा गरिएको थियो ।

कार्यक्रम मा बोल्दै हस्पिटलका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्पिटलले कोरोनामहामारीकाबीच बिरामीहरुलाई निरन्तर सेवा दिएको र संक्रमण नियन्त्रण प्रयासहरुका बारेमा जानकारी दिएका थिए । हस्पिटलका मेडिकल डाइरेक्टर डा विजेशराज घिमिरेले स्वास्थ्यकर्मी, कर्मचारी लगायतका अन्य हितैषिहरुको सहयोगले हस्पिटलले निरन्तर सेवा दिन सम्भव भएको भन्दै महामारीकाबीचमा अस्पतालले आफना सेवालाई निरन्तर जारी राखेको बताए ।

कार्यक्रममा क्यान्सर जितेर रोगबाट उन्मुक्ति पाएका क्यान्सर सर्भाइभरहरुले पनि आफ्ना क्यान्सर र कोरोनासंगको लडाईलाई विशेषरुपमा सम्झंदै आफ्ना अनुभव साटासाट गरेका थिए ।

कार्यक्रममा पत्रकारहरुको जवाफ दिंदै डा सुदिप श्रेष्ठले नेपालमा निजि क्षेत्रबाट स्वास्थ्यका क्षेत्रमा धेरै प्रगति गर्दै गईरहेका भएतापनि अझै पनि धेरै पुंजी लाग्ने प्रोटोनथेरापी मेशिन, पेट स्क्यानका लागि चाहिने रेडियो आइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन जस्ता उपकरणमा लगानी गर्नका लागि सरकार पनि तयार हुनुपर्ने र यसका लागि पब्लिक(प्राइभेट पार्टनरशीपको नमुनामा कार्य गर्न सकिने बताए ।

कार्यक्रममा हस्पिटलको सिईओ बच्चुकैलास कैनीले हस्पिटलले दिएको सेवा र भावि दिनमा गर्ने कार्यको योजना प्रस्तुत गर्दैै सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *