देशभर थपिए १७१ जना कोरोना संक्रमित, २२७ जना संक्रमणमुक्त


काठमाडौँ, २२ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय २७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ७८ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८ सय ७८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ७१ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ८५ हजार ५७३ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ सय पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । आइसीयूमा ६१ र भेन्टीलेटरमा १४ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *