एकसातामा १ लाख २८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ, २० माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुगेको छ । खोप अभियानको सातौँ दिन सम्म देशभर १ लाख २८ हजार ६ सय ५० जना ब्यक्तिले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्।
७७ जिल्लाका २०१ खोप केन्द्रबाट साँझ ४ बजेसम्म कुल १ लाख २८ हजार ६ सय ५० जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये प्रदेश १ मा १७ हजार २ सय ८७, प्रदेश २ मा १६ हजार १ सय ७३, बागमती प्रदेश मा ४५ हजार ३ सय ४५, गण्डकी प्रदेशमा १६ हजार २ सय ७०, लुम्बिनी प्रदेशमा १७ हजार ९ सय ७९, कर्णाली प्रदेशमा ६ हजार ६ सय ६० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ९ सय ३६ जनाले खोप लगाएका छन्।
सरकारले पहिलो चरणमा करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो। खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।
नेपालमा माघ १४ गतेबाट खोप अभियान शुभारम्भ भएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ