बागमती प्रदेशमा ४१ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप


काठमाडौँ, २० माघ । बागमती प्रदेशमा ४१ हजार बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । खोप सुरु भएको छैठौँ दिनको अवधिमा ४१ हजार २१ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गएको सोमबारसम्म ३८ वटा खोप केन्द्रबाट काठमाडौँमा २१ हजार १९२, ललितपुरमा ५ हजार ३९१, भक्तपुरमा १ हजार ९२९, रसुवामा २१९, नुवाकोटमा १ हजार ४५५,धादिङमा ८१७, चितवनमा २ हजार ८९४,सिन्धुलमा ७६०,मकवानपुरमा १ हजार ४, रामेछापमा ५६६, दोलखामा ९७६, काभ्रेपलाञ्चोकमा २ हजार ८४० र सिन्धुपाल्चोकमा ९७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १४ गतेदेखि सबै प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी , एम्बुलेन्स तथा शव बहान चालक तथा सहचालकहरु, कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यबस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन बिमास्थलमा खटिने कर्मचरीहरु लगायत ७५ वर्षका जेष्ठ नागरिकहरु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु, बृद्धाआश्रममा आश्रित नागरिक र हेरालु कर्मचारीहरुलाई लगाईने कार्यक्रम छ ।

बागमती प्रदेशमा पहिलो चरणमा १३ जिल्लाको ३८ वटा खोप केन्द्रबाट ७० हजार २४ जनालाई खोप लगाइने तयारी गरेको समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभरका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *