खोप अभियानको पाँचौ दिन : ८८,००७ जनाले लगाए कोरोना विरुद्धको खोप


काठमाडौँ, १८ माघ । खोप अभियानको पाँचौ दिन सम्म देशभर ८८ हजार ७ जना ब्यक्तिलेले कोरोना(कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रबाट कुल ८८ हजार ७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो चौथो दिनसम्म ६४ हजार ४२२ व्यक्तिले खोप लगाएका थिए।

जसमा प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७ सय ५०, बागमती प्रदेश मा २८ हजार ६ सय ८३, गण्डकी प्रदेशमा १२ हजार ३ सय ११, लुम्बिनी प्रदेशमा १० हजार ७ सय ६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएका छन् ।

त्यसैगरी पहिलोचरणको प्राथमिकतामा परेका लक्षित समूहमा पर्ने ब्यक्तिमध्ये स्वास्थ्यकर्मीहरुले अबको पाँच दिनभित्र सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *