देशभर थपिए २१३ जना कोरोना संक्रमित, २९६ जना संक्रमणमुक्त

काठमाडौँ, १५ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा थप १२३ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ७ सय ९१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय १३ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ५७ हजार ६९ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ । क्वारेनटिनमा ११३ जना रहेका छन् । देशभरका कोरोना अस्पतालका आइसीयूमा १४६ र भेन्टलेटरमा २६ जना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *