‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टर सम्मानित

काठमाडौँ, १० माघ । नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई  पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन् ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने बताए ।

सङ्घका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा रुइत तिलगङ्गा इन्ष्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन् भने प्राडा रामप्रसाद नेपाल आँखा अस्पताल र संघका संस्थापकमध्येका एक हुन् ।

त्यसैगरी डा गोपाल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं सङ्घका कार्यकारी सदस्य हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *