कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९७५ पुग्यो


काठमाडौँ, ७ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा ५ हजार १२ जनाको पसीआर नमुना परीक्षण गर्दा देशभर थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ३ सय ८३ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको छ । देशभरका कोरोना अस्पतालका आइसीयूमा १७२ र भेन्टलेटरमा ३३ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *