काठमाडौँ उपत्यकामा १४५ सहित देशभर थपिए ३१८ जना कोरोना संक्रमित

  • थप ३८३ जना संक्रमणमुक्त
  • - नेपाली हेल्थ

    काठमाडौँ, ७ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४५ सहित देशभर थप ३ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ८३ जना निको भएर घर फर्किएका छन् ।

    देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार १२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय १८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाकारी गराए । नेपालमा हालसम्म कुल २० लाख २६ हजार ७२६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

    त्यसैगरी काठामाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११६, ललितपुरमा २६ र भक्तपुरमा ३ जना गरी थप १४५ जना थपिएका छन् ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

    हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ । क्वारेनटिनमा १७२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १६५ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ ।


    Facebook Comment


    थप समाचार