केयुको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ, ६ माघ । आगामी १० माघ देखि रिक्त हुँदै गरेको काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपति छनौट गर्न गठित सर्च कमिटिले तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित सर्च कमिटीले हालका उपकुलपति प्राडा रामकण्ठ माकाजु पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

केयूको उपकुलपतिका लागि ४४ जनाको शिक्षा मन्त्रालयमा आवेदन परेको थियो ।

छनौटमा परेका तीन जनाको मध्येबाट अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

डा माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनको माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।

केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन् ।

ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *