राधा क्यान्सर सचेतना फाउन्डेशनद्धारा पत्रकारिता पुरस्कार कोष स्थापना

काठमाडौँ ४ माघ ।  प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  पत्रकार एवं अभियन्ता स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेशनले हरेक बर्ष एक जना पत्रकारलाई २० हजार नगद राशी सहित पुरस्कृत गर्ने भएको हो ।

फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले पुरस्कृत हुनका लागि हरेक बर्ष बैशाख देखि पुस मसान्त सम्म प्रकाशित तथा प्रकाशित तीनवटा समाचार हुनुपर्ने, त्यसमा एउटा समाचार क्यान्सरविरुद्धको सचेतना अनिवार्य हुनुपर्ने बताए ।  पुरस्कारका लागि देशभरका पत्रकारहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने फाउन्डेशनले बताएको छ ।

‘आज हामीले २ लाख रुपैयाँको पत्रकारिता कोष स्थापना गरेका छौँ । त्यसैको व्याजबाट आउने रकमबाट एक जना पत्रकारलाई नगद २० हजार रुपैयाँबाट सम्मान गर्नेछौँ । पुरस्कारको नाम ‘राधा क्यान्सर सचेतना तथा हिंसारुद्धकाविे पत्रकारिता पुरस्कार’ भनिएको छ,’ अध्यक्ष बस्यालले भने ।

उनले पुरस्कारका लागि ४ माघ (आज) देखि ४ फागुनसम्म आवेदन खुल्ने र स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा ९ फागुनमा वितरण हुने बताए ।

पत्रकारिता र हिंसाविरुद्धको अभियानमा क्रियाशिल राधाको स्तन क्यान्सरबाट गत १४ कात्तिकमा निधन भएको थियो । उनमा अढाई बर्ष अघि देखि क्यान्सर रोग देखा परेको थियो । आफूमा क्यान्सर रोग देखा परिसकेपछि उनले आफ्नो नामबाट सचेतना फाउन्डेशन स्थापना गरी जनचेतना अभिवृद्धिको अभियानमा लागेकी थिइन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *