देशभर थप २४० जनामा कोरोना संक्रमण, ४७७ जना संक्रमणमुक्त

काठमाडौँ, ३ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ७७ जना संक्रमणमुक्त भएका छन् । जसमा ८७ जना महिला र १५३ जना पुरुष छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा थप १३१ जना थपिएका छन । जसमा ४२ जना महिला र ८९ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८१९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ४० जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा  हालसम्म कुल २० लाख ८ हजार ९४४ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल  संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । क्वारेनटिनमा २३१ जना रहेका छन् । आइसीयूमा १६९र भेन्टीलेटरमा ३८ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *