‘भक्तपुर डक्टर्स सोसाईटी’ गठन

काठमाडौँ, २ माघ । भक्तपुरका डाक्टरहरु संगठित भएका छन् । उनीहरु ‘भक्तपुर डक्टर्स सोसाईटी’को नाममा संगठित भएका हुन् ।

जिल्लामा क्रियाशिल डाक्टरहरुको भेलाले डा. पुन्यराम खर्बुजाको अध्यक्षतामा सोसाइटीको सात सदस्यीय समिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा डा रविभुषण सुवाल, सचिवमा डा. एभरेष्ट सुवाल र कोषाध्यक्षमा डा सरोजकुमार सुवाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा डा विवेक बासुकला, डा नरेन्द्र सालिके र डा गोपाल सुवाल रहेका छन् ।

अध्यक्ष डा खर्बुजाले सोसाइटी गैरनाफामुलक संस्थाको रुपमा रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बताए । उनले डाक्टरहरुबीच आपसी सहयोग सदभाव तथा उपचारका दौरानमा आउनसक्ने समस्याका बेला सहयोग होस भनेर सोसाइटी गठन गरिएको जानकारी दिए ।

‘हामीले केही दिन अघि डाक्टरहरुबीच भर्च्युअल रुपमा छलफल गर्‍यौ र जिल्लामा समिति बनाउने प्रस्ताव पारित गर्‍यौँ । सोही अनुसार दर्ता गरी विधिबत रुपमा संगठित भएका छौँ,’ डा खर्बुजाले भने ।

उनले जिल्लामा करीब ३ सय डाक्टर रहेको भन्दै, सबैलाई संस्थामा आवद्ध गराई अघि बढ्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *