सुस्वास्थ्य हस्पिटल छैटौँ बर्षमा प्रवेश

काठमाडौँ, १ माघ । नेपालकै उत्कृष्ठ प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित सुस्वास्थ्य हस्पिटलले स्थापनाको पाँच बर्ष पुरा गरेको छ । औषधिविहीन उपचारपद्धतीहरुलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उदेश्यका साथ १ माघ २०७२ देखि सेवा सुरु गरेको हस्पिटल आज देखि छैटौँ वर्षमा प्रवेश गरेको हो ।

अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतका अनुसार हस्पिटलले नसा तथा हाडजोर्नीका बिरामीहरुको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । उनले पाँच बर्षको अवधीमा १० हजार बढी बिरामीको सफल उपचार गरिसकेको छ ।

मिनभवनमा रहेको यो अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डि खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिन्द्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । अध्यक्ष बस्नेतले नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको दावी गरे । उनले आफ्नो अस्पतालमा उपचारका लागि आउने बिरामी र उनीहरुलाई साथमा लिएर आउने स्वस्थ व्यक्तिलाई समेत आवश्यक स्वास्थ्य शिक्षा प्रदान गरेको बताए ।

अस्पतालले देशका विभिन्न १० स्थानमा गएर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । त्यस्ता शिविरमा ५ हजार बढी व्यक्तिले स्वास्थ्य सेवा प्राप्त गरेको समेत उसले उल्लेख गरेको छ ।

यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत समेत सिकाउने गरेका छन् । यसबाट २ सय बढी कर्मचारी लाभान्वित भएको समेत उसले जानकारी दिएको छ ।

सुस्वास्थ्य हस्पिटल विसं २०५६ सालमा त्रिपुरेश्वरमा स्थापित अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको बैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रुप हो । अहिले आयुर्वेद विभागबाट १५ सैय्याको स्वीकृति लिएर सञ्चालनमा आएको छ ।

अस्पतालले आफ्नो सेवालाई प्रदेशतहमा पनि विस्तार गर्ने योजनामा रहेको अध्यक्ष बस्नेतले बताए । अहिले अस्पतालमा प्राकृतिक चिकित्सक, अकुपञ्चरिष्ट, फिजियोथेरापिष्टसहित २५ बढी कर्मचारीले सेवा दिइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *