सप्ताहव्यापी रुपमा राष्ट्रिय योग दिवस मनाउँदै आयुर्वेद विभाग

काठमाडौँ, २८ पुस ।  आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले छैटौँ राष्ट्रिय योग दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय योग दिवस आगामी विहीबार पर्ने भएपनि विभागले आजैबाट सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न थालेको हो ।

‘गरौँ योग डटेर – कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ आजैबाट सप्ताहव्यापी दिवसको कार्यक्रम शुरु गरेका छौँ,’ विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले भने, ‘यो अवधीमा योग सम्वन्धी विभिन्न कार्यक्रम गरी आम सर्वसाधारणलाई यसबारेमा महत्व बुझाउने प्रयास गर्नेछौँ ।’

उनले कोभिड -१९ को महामारीका बेला योगको महत्व कति रहेछ भन्ने स्पष्ट भएको भन्दै यसलाई दैनिक जीवनमा निरन्तर रुपमा ल्याउनुपर्ने बताए । डा. उपाध्यायले योगलाई सम्पूर्ण ‘नसर्ने रोगको खोप’ हो भन्दै यसको समुचित प्रयोग गरी नसर्ने रोगबाट जोगिन सकिने बताए ।

कार्यक्रममा विभागका महाशाखा प्रमुख डा श्यामबाबु यादवले योगको महत्वको चर्चा गर्दै जीवन यसलाई व्यक्ति व्यक्तिसम्म पु¥याउनुपर्ने बताए । उनले सप्ताहव्यापी कार्यक्रमबारे समेत जानकारी गराए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त पहिलो दिन आज पत्रकार अन्तरक्रिया कार्यक्रम, दोस्रो दिन बुधबार योग सम्वन्धी गोष्ठी, १ माघमा शिक्षा मन्त्रालयको समन्वयमा कार्यक्रम, २ माघमा विभागका महाशाखा प्रमुखहरुसग योगाभ्यास, ३ माघमा व्यानर सहित वाक एण्ड टक कार्यक्रम, ४ माघमा पशुपतिस्थित बृद्धाश्रममा स्वास्थ्य शिविर र ५ माघमा समापन रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *