देशभर थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना संक्रमणमुक्त

  • थप ५ जनाको मृत्यु
  • - नेपाली हेल्थ


    काठमाडौँ, २८ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ३ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ३० जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । हालसम्म नेपालमा कुल १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

    हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ । क्वारेनटिनमा २३७ जना रहेका छन् । आइसीयूमा १५७ र भेन्टीलेटरमा ३५ जना उपचाररत छन् ।

    पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ ।


    Facebook Comment


    थप समाचार