कर्णालीका सामाजिक विकास मन्त्री दल रावललाई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा

दल रावल – सामाजिक विकास मन्त्री, कर्णाली प्रदेश

काठमाडौँ, २७ पुस । कोरोना संक्रमण पुष्टि हुँदासम्ममा स्वास्थ्य अवस्था झन जटिल बनेपछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार हुँने बताइएको छ ।

मन्त्री रावलको २६ पुस (हिजो)मा एन्टीजेनबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर उनी दुई तीन दिन अघि देखि अस्वस्थ थिए । मन्त्री रावलका भाई डा मंगलले नेपाली हेल्थसंग कुरा गर्दै भने, ‘दाईको स्वास्थ्य पछिल्लो दुई तीन दिन देखि विग्रिएको थियो । हिजो परीक्षण गर्दा पोजेटिभ नै आयो । त्यसपछि थप परीक्षण गर्दा निमोनिया समेत देखिएकोले हामीले काठमाडौँमा उपचार गर्ने निर्णय गरेका हौँ ।’

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले स्वास्थ्य अवस्था विश्लेषण गरी विशेषज्ञको सल्लाह अनुसार थप उपचारका लागि काठमाडौँ पठाइएको बताएका छन् ।

मन्त्री रावल कर्णालीमा कोरोना नियन्त्रणका लागि शुरु देखि नै खटिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *