देशभर थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना संक्रमणमुक्त

काठमाडौँ, २६ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ५ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ५९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ । क्वारेनटिनमा २५७ जना रहेका छन् । आइसीयूमा १९१ र भेन्टीलेटरमा ४४ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *