कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

120
Shares

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छिट्टै कोरोना भाइरस (कोभिड -१९) विरुद्धको भ्याक्सिन ल्याउने बताएका छन्। राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँने बताएका हुन् ।

‘हामी अब भ्याक्सिन छिट्टै ल्याउने तयारीमा छौँ। उनले भने, ‘कोभिड सुरु हुँदादेखि नै मैले भनेको थिएँ, जीवन सुरक्षा पहिलो कर्तब्य हो।’

उनले अहिले पनि कोभिड–१९ को जोखिम भएको भन्दै सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग, तातोपानीले हातमुख सफा गर्न सरकारले जनतालाई सिकाएको पनि बताए । एकपटक कोभिड बढेपनि अहिले कम हुँदै गएको छ, उनले भने ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले जनमुखी काम गरेको दाबी गर्दै एकैदिन ३०९ अस्पताल शिलान्यास गरेको बताए । ३९६ वटा अस्पताल शिलान्यास गर्ने योजना थियो। तर प्राविधिक विषय नमिलेर हामीले ३०९ अस्पताल शिलान्यास गर्‍यौँ, एक वर्षमा होइन, एकैदिनमा हो। अरु कुनै सरकारले यसरी जनताका लागि काम गरेका थिए ?उनले प्रतिप्रश्न गर्दै भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *