पीजीको एकीकृत प्रवेश परीक्षा : सबै विषयको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ, २५ पुस ।  चिकित्सा शिक्षा आयोगले गत १८, १९ र २०पुसमा लिएको चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह एमडी/एमएस/एमडीएस सहित सम्पूर्ण विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले यसपटक एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले एमडीएमएसको नतिजा गत बुधबार नै प्रकाशित गरेको थियो । बाँकी विषयको नतिजा भने शुक्रबार बेलुका प्रकाशित गरेको हो ।

एमडी आयुर्वेदा, एमएन एमएस्सी नर्सिङ, मिडवाइफ्रि, एमपीएच, एमपीएचएन, एमफार्मेसी, एमडीएस लगायतका विषयको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।

हेरौं नतिजा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *