कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९०९ पुग्यो

काठमाडौँ, २४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०९ पुगेको छ ।

थप ५ हजार २६९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ५ सय ८५ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १८२ जना आइसीयूमा र ३७ जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *