कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या १९०३ पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, २३ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ ।

थप ५ हजार १३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४ सय ८३ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १८४ जना आइसीयूमा र ३२ जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।


Facebook Comment


थप समाचार