पछिल्लो २४ घण्टामा देशभर थपिए ४१२ जना कोरोना संक्रमित, ४८३ जना संक्रमणमुक्त


काठमाडौँ, २३ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय १२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार १३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय १२ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना गरी २५१ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ । क्वारेनटिनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी १८४ जना आइसीयूमा र ३२ जना भेन्टीलेटरमा उपचाररत छन् । होम आइसोलेसनमा १ हजार ५६१ जना छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *