कान्ति अस्पतालमा बनेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको शुभारम्भ


काठमाडौँ, २२ पुस । महाराजगञ्जस्थित कान्ति बाल अस्पताल परिसरमा निर्माण गरिएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्र आजबाट सञ्चालनमा आएको छ । अस्पतालको ५९औँ वार्षिक उत्सवका अवसर सिविन नेपालले मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो ।

दुई तले सो भवन सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगर्त सिविन नेपालको संयोजनमा फोरुट नर्वे, नर्वेजियन साइक्रयाटिक एसोसिएशन र टच आयरल्याण्डको आर्थिक सहयोगमा बनेको हो ।

बार्षिकोत्सवको अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भवनको उद्घाटन गरेका थिए । सिविन नेपालले नियुक्त गरेका चिकित्सकबाट सो भवनमा अव बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यको उपचार गर्ने योजना छ । प्रारम्भमा १० बेडबाट उपचार सेवा दिने सिविनको योजना रहेको बताइएको छ ।

यसअघि बालबालिका र किशोर किशोरीको मानसिक उपचारका लागि समस्या हुने गरेकोमा यस केन्द्र सञ्चालनमा आएपछि त्यो समस्या नहुने अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेले बताए । उनले प्रस्तावित बाल स्वास्थ्य अध्ययन संस्थान कान्ति सेन्टर अफ एक्सिलेन्सको रुपमा अघि बढेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले बाल अस्पतालको सुध्रिडिकरणका लागि मन्त्रालयले आवश्यक पर्ने सहयोग गर्ने आश्वासन दिए । उनले मानसिक स्वास्थ्यका क्षेत्रमा सिविन नेपालले गरेको कार्यको प्रसंशा समेत गरे ।

कार्यक्रममा अस्पतालमा उत्कृष्ठ कार्य गर्ने चिकित्सक तथा कर्मचारी, दीर्घ सेवीहरुलाई सम्मान गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *