कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८९९ पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, २२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

थप ६ हजार ७०६ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४ सय ९५ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १९७ जना आइसीयूमा र ३० जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।


Facebook Comment


थप समाचार