पछिल्लो २४ घण्टामा देशभर थपिए ४०९ जना कोरोना संक्रमित, ४९५ जना संक्रमणमुक्त

140
Shares

काठमाडौँ, २२ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय ९ जनामा कोरोना भाइरस (कोभिड(१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ७०६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । क्वारेनटिनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी १९७ जना आइसीयूमा र ३० जना भेन्टीलेटरमा उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *