सातवटै प्रदेशमा एकाई कार्यलय स्थापना गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

2.2k
Shares

काठमाडौँ, २० पुस । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सातवटै प्रदेशमा एकाई कार्यालय स्थापना गर्ने भएको छ । परिषदले प्रदेश सरकारसंग समन्वय गरी यसै आर्थिक बर्षमा एकाई कार्यालय स्थापना गर्ने भएको हो ।

एकाई कार्यालय स्थापना गर्न चालु आर्थिक बर्षको बजेटमा एक करोड बढी रकम छुट्याइएको परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए ।

‘यो बर्ष हामीले सातवटै प्रदेशमा एकाई कार्यालय स्थापना गर्छौं, प्रत्येक एकाईमा कम्तीमा तीन जना स्टाफ रहने छन् । र उनीहरुले प्रदेश सरकारसंग समन्वय गरी अनुसन्धानका गतिविधिहरुलाई सहजीकरण गर्ने छन्,’ डा ज्ञवालीले भने । उनले देश संघीय स्वरुपमा अघि बढेको अवस्थामा परिषद्ले पनि आफ्नो ढाँचालाई सोही अनुसार अघि बढाएको बताए ।

परिषद्ले आर्थिक बर्ष भित्रै सातवटै प्रदेशमा कार्यलय स्थापना गर्न आफ्नै नाममा जग्गाको व्यवस्था मिलाउने योजनामा रहेको समेत डा ज्ञवालीले जानकारी दिए

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *