कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८७८ पुग्यो

काठमाडौँ, १९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ ।

थप ५ हजार ८ सय जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ६३७ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १९९ जना आइसीयूमा र ३५ जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *