कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो
काठमाडौँ, १७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।
थप ५ हजार २२५ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ७४८ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २३४ र भेन्टीलेटरमा ३५ जना उपचाररत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]