पछिल्लो २४ घण्टामा देशभर थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना संक्रमणमुक्त


काठमाडौँ, १६ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा मात्रै थप २४७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय ३४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । क्वारेनटिनमा ३६२ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।

त्यसैगरी २३६ जना आइसीयूमा र ३६ जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *