पछिल्लो २४ घण्टामा देशभर थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना संक्रमणमुक्त

काठमाडौँ, १५ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ६ सय जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२५ ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना गरी थप ३१२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ११० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय ११ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख २६ हजार ४७७ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५० सय पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ । क्वारेनटिनमा ३६२ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।

त्यसैगरी २१७ जना आइसीयूमा र ३७ जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *