कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८४० पुग्यो

काठमाडौँ, १४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ ।

थप ६ हजार १३५ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ७०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ७३१ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २२८ र भेन्टीलेटरमा ४० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *