काठमाडौँ उपत्यकामा २०८ सहित देशभर थप ४८१ जनामा कोरोना संक्रमण

224
Shares


काठमाडौँ, १२ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २०८सहित देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १७५ ललितपुरमा २७ र भक्तपुरमा ६ जना गरी थप २०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जनाकारी अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८२८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ८१ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ सय पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ । क्वारेनटिनमा ३६९ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८२५ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १९ लाख ९ हजार ६५४ पीसीआर नमुना परीक्षण भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *