औषधि सल्लाहकार समितिको ५१ औँ बैठक सम्पन्न

काठमाडौँ, १० पुस । कोरोनाबिरुद्धको खोप ल्याउने तयारी अघि बढेका बेला शुक्रबार औषधि सल्लाहकार समितिको ५१ औँ बैठक बसेको छ । समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना विरुद्धको खोप ल्याउनका लागि आवश्यक नीतिगत व्यवस्थामा बारेमा निर्णय गरेको बुझिएको छ ।

समितिका सदस्य सचिव समेत रहेका औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको बैठक सम्पन्न भएको जानकारी दिए । उनले पछिल्लो नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी भइसकेको र कोरोना खोप ल्याउने तयारीमा लागेको बेला समितिको बैठकले ती व्यवस्थाहरुलाई मध्येनजर गर्दै आवश्यक निर्णय गरेको बताए ।

स्रोतका अनुसार शुक्रबारको बैठकले औषधि वा खोप आपतकालिन प्रयोग सम्वन्धी संहिता २०७७ लाई स्वीकृत गर्न स्वास्थ्य मन्त्रालय समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै अत्यावश्यक औषधिको सूची २०२० समेत स्वीकृत गर्ने निर्णय गरको छ ।

समितिको ५० औ बैठक १६ महिना अघि अर्थात ३ भदौ २०७६ मा बसेको थियो । त्यसबेलाको बैठकले याँ औषधि दर्ताको विषयदेखि होमियोप्याथी औषधि पसलको दर्ता गर्ने विषयसम्म निर्णय गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *