काठमाडौँ उपत्यकामा २४४ सहित देशभर थप ६१३ जनामा कोरोना संक्रमण


काठमाडौँ, ९ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २४४ सहित देशभर थप ६ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १९९ ललितपुरमा २७ र भक्तपुरमा १८ जना गरी थप २४४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६ सय १३ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ९६ हजार २५० पीसीआर नमुना परीक्षण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *