खोप पश्चात हुनसक्ने अवान्चित घटना अनुसन्धान समितिको अध्यक्ष पदमा डा. अर्याल मनोनित

काठमाडौँ, ८ पुस । खोप पश्चात हुनसक्ने अवान्चित घटना अनुसन्धान समितिको अध्यक्ष पदमा बरिष्ठ बालरोग विशेषज्ञ डा धनराज अर्याल मनोनित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा अर्याललाई अध्यक्ष पदमा मनोनित गरेका हुन् ।

सो समितिका अध्यक्ष डा निलम अधिकारीको गत महिना निधन क्यान्सर रोगबाट निधन भएको थियो । यस्तै सोही समितिमा रिक्त रहेको एक जना सदस्य पदमा बरिष्ठ प्याथोलोजिष्ट डा रंगबहादुर बस्नेत मनोनित भएका छन् ।

यो समितिले खोप लगाईसकेपछि हुनसक्ने अस्वभाविक प्रभाव र घटनाहरु भएको भन्दै उजुरी परेमा छानवीन गर्ने र रिपोर्ट दिने गर्दछ । यो खोप ऐन अनुसार बनेको समिति हो । कोरोना भाइरसविरुद्ध खोप ल्याउने तयारीमा रहेका बेला यो समितिको भूमिका अझ महत्वपूर्ण हुने सदस्यसचिव एवं खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।

यो समितिमा प्राडा केदार बराल, डा रामहरि चापागाईँ, डा विनोद खेतान सदस्य छन् । समितिको सदस्य सचिवको जिम्मेवारी स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख रहने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *