एक साता यता बेलायतबाट आउनेलाई होटल क्वारेन्टिनमा बस्न आग्रह

240
Shares

काठमाडौं ८ पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १ पुसदेखि ७ पुससम्म बेलायत र त्यहाँको बाटो हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिलाई कम्तीमा १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । त्यहाँबाट आउने व्यक्तिमा नयाँ खालको कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । तिव्र गतिमा संक्रमण फैलाउने भनिएको यो भाइरसबाट जोगिन नेपाल सहित विश्वका प्राय सबै देशले बेलायत जाई आई रद्ध गरेका छन् ।

मन्त्रालयले पछिल्लो एक साता यता बेलायत र सो मुलुक हुँदै आएका व्यक्तिले नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिन भित्र आरटीपीसीआर परीक्षण गर्न समेत आग्रह गरेको छ ।

नेपालमा कोभिड -१९ को संक्रमण दर कम हुँदै गएको छ । सक्रीय सक्रमित समेत निकै घटेको छ । तर, बेलायतमा देखिएको यो नयाँ भाइरसले फेरी संक्रमण दर बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *