कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

328
Shares

वासिङ्टन, ७ पुस । कोरोनाभाइरसको नयाँ संस्करणबाट संक्रमणमा परेकाहरुमा पनि फाइजर र कोडर्नाले तयार बनाएको कोभिड -१९ विरुद्धको खोप परीक्षण गरिएको छ ।

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ ।

“अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *