काठमाडौँ उपत्यकामा ३६५ सहित देशभर थप ७२२ जनामा कोरोना संक्रमण

128
Shares

काठमाडौँ, ७ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३६५ सहित देशभर थप ७ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३०० ललितपुरमा ४२ र भक्तपुरमा २३ जना गरी थप ३६५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय २२ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ८४ हजार १८१ पीसीआर नमुना परीक्षण भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *