अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाए
वासिङ्टन । ७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बाइडेनले सोमबार अपरान्ह फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन्।
खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बताए।
डेलवरको नेवार्कमा रहेको कृष्टिना केयर हस्पिटलमा उनले खोप लगाएको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाएपछि प्रतिक्रिया दिदैं बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताए।
सोमबार नै बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन्। उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी गरेका छन्।
बीबीसीका अनुसार अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका छन्। कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ ।
यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ।
वाइडेनको समूहले एक सय दिन भित्र १० करोड अमेरिकीलाई खोप दिलाईसक्ने योजना बनाएको छ ।
खोप लगाएको भिडियो हेर्नुहोस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



