काठमाडौँ उपत्यकामा ३११ सहित देशभर थप ७४२ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३११ सहित देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २३५ ललितपुरमा ५५ र भक्तपुरमा २१ जना गरी थप ३११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ३५१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय ४२जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ७७ हजार १८१ पीसीआर नमुना परीक्षण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *