काठमाडौँ उपत्यकामा शनिवार थपिए २८१ जना कोरोना संक्रमित

काठमाडौँ, ४ पुस। काठमाडौँ उपत्यकामा शनिवार थप २८१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १०३ महिला र १७८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२४, ललितपुरमा ३८ र भक्तपुरमा १९ जना गरी २८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थप ४ हजार ७८० जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार १७५ सय जना डिस्चार्ज भएका छन्। थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २७९ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



