काठमाडौँ उपत्यकामा ३६३ सहित देशभर थप ७७६ जनामा कोरोना संक्रमण


काठमाडौँ, २ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३६३ सहित देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ५८८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय ७६ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *