काठमाडौँ उपत्यकामा ३९१ सहित देशभर थप ७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३९१ सहित देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २९४, ललितपुरमा ७७, र भक्तपुरमा २० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५५५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय ३६ जनाको कोरोना भाइरस पोजेटिभ आएको जानकारी गराए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *