काठमाडौँ उपत्यकामा मंगलवार थपिए ४३८ जना कोरोना संक्रमित


काठमाडौँ, ३० मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१० ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना गरी ४३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ७ हजार ११७ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९९६ सय जना डिस्चार्ज भएका छन्। थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३२१ र भेन्टीलेटरमा ४८ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *