काठमाडौँ उपत्यकामा मंगलवार थपिए ४३८ जना कोरोना संक्रमित

176
Shares


काठमाडौँ, ३० मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१० ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना गरी ४३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ७ हजार ११७ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९९६ सय जना डिस्चार्ज भएका छन्। थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३२१ र भेन्टीलेटरमा ४८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *