देशभर थप ९३६ जनामा कोरोना संक्रमण, १९९६ जना संक्रमणमुक्त

काठमाडौँ, ३० मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरस९कोभिड(१९०संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार ११७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९ सय ३६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३८हजार ५६९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *