काठमाडौँ उपत्यकामा ३३३ सहित देशभर थप ८२१ जनामा कोरोना संक्रमण

128
Shares


काठमाडौँ, २९ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ३३ सहित देशभर थप ८ सय २१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ८ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जना गरी उपत्यकामा थप ३३३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ४२३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय २१ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय १६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *