
काठमाडौँ, २८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५८ ललितपुरमा ६५ र भक्तपुरमा २५ जना गरी ३४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ५ सय जना डिस्चार्ज भएका छन्। थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २९४ र भेन्टीलेटरमा ५२ जना उपचाररत छन् ।